नेपाली कांग्रेस महाधिवेशनः अपाङ्गतातर्फ केन्द्रीय सदस्यमा पन्थ चुनाव लड्ने

  • ख-
  • ख+

दमौलीः राष्ट्रिय सभा सदस्य एवं कांग्रेस महाधिवेशन प्रतिनिधि प्रकाश पन्थले नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा केन्द्रीय सदस्य चुनाव लड्ने घोषणा गरेका छन् ।


पन्थले अपाङ्गता भएका व्यक्तिहरुको भोगाइ, अनुभव र सिकाइलाई अपाङ्गता अधिकार प्राप्तिको अभियानमा जोड्ने र राज्यको नीतिमा समेत समावेश गर्ने कार्यमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा विगत २५ वर्ष देखी निरन्तर लड्दै आइरहेको भन्दै अपाङ्गता भएका व्यक्तिहरुको आफ्नै कठिन भोगाइ र सिकाइहरुलाई नेपाली कांग्रेस पार्टी र राज्यको नीति निर्माणमा समावेश गर्न प्रयास गरेको र बाँकी कार्य सम्पन्न गर्न आफूले उम्मेदवारी दिएको बताए ।


मानवअधिकार र सामाजिक न्यायका लागि लड्दै समावेशी युवामैत्री प्रविधियुक्त ‘स्मार्ट कांग्रेस’ बनाउने भन्दै उनले यस अभियानमा सहयोगका लागि अनुरोध गरेका छन् । उनी संस्थापनइतर खेमाबाट टिकट लिएर चुनाव लड्ने योजनामा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी