महासचिव उम्मेदवार डा. पौडेलको सुझावः पहिले डेलिगेट्स विवाद समाधान गरौं, सीमित व्यक्तिको स्वार्थका लागि एनआरएनएलाई दुर्घटनामा नपारौं

  • ख-
  • ख+

काठमाडौंः गैरआवासीय नेपाली संघ एनआरएनएको प्रतिनिधि विवाद समाधानै नगरी निर्वाचन तालिका सार्वजनिक गरिएकोप्रति एनआरएनए महासचिव उम्मेदवार डा. केशव पौडेलले आपत्ति जनाएका छन् ।

अमेरिकाबाट एक विज्ञप्ति जारी गर्दै उनले अहिलेको घोषणाले स्थिती झनै जटिल बनेको टिप्पणी गरेका छन् । एनआरएनए गैर आवासीय नेपालीहरूको साझा संस्था रहेको उल्लेख गर्दै उनले ‘आइसीसी डेलिगेट्सको समस्या समाधान नगरी एकपक्षीय रूपमा निर्वाचन तालिका प्रकाशन गर्नु दुर्भाग्यपूर्ण स्थिति हो,’ भनेका छन् ।

‘पदीय जिम्मेवारीमा रहेका केही सीमित व्यक्तिको चाहाना र पदीय आकांक्षामा संस्थालाई दुर्घटनाको मार्गमा नधकेलौं,’उनले विज्ञप्तिमार्फत भनेका छन्

डेलिगेट्स सम्बन्धी समस्या सबै पक्षसंग सरसल्लाह गरी, विधानसम्मत हिसाबले सहमतिको आधारमा समाधान गरेर मात्रै निर्वाचन गराउनुपर्छ भन्ने आफ्नो अडान रहेको स्मरण गर्दै डा. पौडेलले त्यसका लागि पहल गर्न सबैलाई आग्रह गरे ।

‘पदीय जिम्मेवारीमा रहेका केही सीमित व्यक्तिको चाहाना र पदीय आकांक्षामा संस्थालाई दुर्घटनाको मार्गमा नधकेलौं,’उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘यो संस्थासँग नेपालको उन्नति प्रगतिमा हैँसे गर्ने साथै आमप्रवासी नेपालीहरूको हकहित, अधिकार र नयाँ पुस्तालाई नेपालसँग जोडिराख्ने भावना गाँसिएको छ ।’

८० लाख नेपालीहरूको गौरवमय संस्थालाई सम्भाव्य विभाजनको दुर्घटनाबाट जोगाउन पहल गर्न भन्दै उनले एनआरएनएका अग्रज, अभियन्ता र नेतृत्वलाई अपिल पनि गरेका छन् ।

प्रेस विज्ञप्ति
साथीहरू नमस्कार !
एनआरएनए गैर अवासीय नेपालीहरूको साझा संस्था हो । अहिले एनआरएनएमा स्थिति एकदमै जटिल भएको छ। आइसीसी डेलिगेट्सको समस्या समाधान नगरी एकपक्षीय रूपमा निर्वाचन तालिका प्रकाशन गर्नु दुर्भाग्यपूर्ण स्थिति हो।

डेलिगेट्स सम्बन्धी समस्या सबै पक्षसंग सरसल्लाह गरी, विधानसम्मत हिसाबले सहमतिको आधारमा समाधान गरेर मात्रै निर्वाचन गराउनु पर्छ भन्ने हाम्रो अडान हो। त्यसका लागि पहल गर्न सम्पूर्ण साथीहरूलाई म आग्रह गर्दछु। पदीय जिम्मेवारीमा रहेका केही सीमित व्यक्तिको चाहाना र पदीय आकाङ्क्षामा संस्थालाई दुर्घटनाको मार्गमा नधकेलौँ ।

यो संस्थासँग नेपालको उन्नति प्रगतिमा हैँसे गर्ने साथै आमप्रवासी नेपालीहरूको हकहित, अधिकार र नयाँ पुस्तालाई नेपालसँग जोडिराख्ने भावना गासीएको छ । यो ८० लाख नेपालीहरूको गौरवमय संस्थालाई सम्भाव्य विभाजनको दुर्घटनाबाट जोगाउन पहल गर्न एनआरएनएका अग्रज, अभियन्ता र नेतृत्वलाई हार्दिक अपिल गर्दछु।
डा. केशव पौडेल ,अमेरिका

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी