पोखरेलद्वारा केन्द्रीय सदस्य उम्मेदवार घोषणा

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका महासमिति सदस्य रामचन्द्र पोखरेलले केन्द्रीय सदस्य पदमा चुनाव लड्ने घोषणा गरेका छन् ।

गृहजिल्ला तनहुँमा पत्रकार भेटघाट गर्दै पोखरेलले कांग्रेसमा नीतिगत सुधारका लागि आफूले जिम्मेवारी महसुस गरेर केन्द्रीय समिति सदस्यमा उम्मेदवारी दिन लागेको बताए । संविधान सभासद समेत रहेका पोखरेल तनहुँमा कांग्रेसका कुशल संगठक प्रजातन्त्र सेनानी गोवद्र्धन शर्मा पोखरेलका पुत्र हुन् ।

पोखरेलले पुरानो पुस्ताले निकै लगाव र मेहनतसाथ निर्माण गरेका कांग्रेसमा पछिल्लो समय सिद्धान्त र विचारबाट विमुख हुने प्रवृत्ति रोक्नका लागि पनि आफूले भूमिका खेल्ने बताए ।

लोकप्रिय मतका साथ महासमिति सदस्य निर्वाचित पोखरेलले पार्टी संगठन निर्माण तथा संविधान निर्माणलगायतमा दिएको योगदानका आधारमा आफू विजयी हुने विश्वास व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी