स्वास्थ्यले साथ नदिएपछि युवाले अनशन तोडे(भिडियाे सहित)

  • ख-
  • ख+

दमौलीः स्वास्थ्यले साथ नदिए पछि दमौलीमा अनशन बसेका दुई युवाको अनशन तोडिएको छ । चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनशन बसिरहेका चिकित्सक गोविन्द केसीको अनशनमा ऐक्यबद्धता जनाउन अनशन बसेका युवा सागर घिमिरेको स्वास्थ्य अवस्थामा खराबी आए पछि शनिबार अनशन तोडिएको हो ।

उनीसँगै अर्का युवा विनोद सापकोटाले पनि अनशन तोडेका छन् ।
उनीहरुलाई लायन्स डिष्ट्रिक्ट ३२५ बी १ का पूर्व गर्भनर एवं व्यास शिव पाञ्चायन क्षेत्र विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले फलफूल र जुश खुवाएर अनशन तोडाए । उनले युवाहरुले चिकित्सा सुधारको अभियानमा स्वास्थ्य नै जोखिममा राखेर साथ दिएको भन्दै आभार प्रकट गरे ।

नेपाल रेडक्रस सोसाइटी तनहुँका वरिष्ठ सदस्य सूर्यचन्द्र हड्खलेले पनि युवाहरुको काम अरुका लागि पनि उदाहरणीय भएको बताए ।


अस्पताल भर्ना
शुरुमा १९ घण्टे अनशन थालेका घिमिरे र हमालको अनशन विहान ६ बजे सकिंदैथियो । तर विहान उनीहरुले थप २४ घण्टा अनशन बस्ने निर्णय गरे । विहानैदेखि घिमिरेको स्वास्थ्य खराब भए पछि चिकित्सकले अनशन तोड्न सुझाव दिएका थिए । अभियानका एक सदस्य सुनिल श्रेष्ठका अनुसार चिकित्सकको सुझावपछि घिमिरे अनशन तोड्न राजी भएका थिए ।
हाल उनलाई दमौली अस्पतालमा भर्ना गरिएको छ । अर्का युवा सापकोटाको स्वास्थ्य अवस्था भने स्थिर छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी