सिकार खेल्ने क्रममा आफैंलाई गोली लागे पछि……

  • ख-
  • ख+

दुलेगौंडाः सिकार खेल्ने क्रममा आफैंले बोकेको बन्दुकको गोली लागेर शुनपा १ थप्रेकका एक युवकको ज्यान गएको छ ।

शुक्लागण्डकी नगरपालिका–१ थप्रेक स्थित ओखल्दी निवासी १७ वर्षका रोमित मल्ल स्थानीय ४७ वर्षका सुनबहादुर गुरुङसँग सिकार खेल्न तुरतुरे पाखा जाँदै थिए ।

घरबाट करिब दुई किलोमिटर दक्षिणको पाखामा सिकार खेल्न उनले एकनाले भरुवा बन्दुक बोकेका थिए । बन्दुक भिरेर हिंडदै गर्दा अकस्मात बन्दुकबाट गोली फायर भयो ।

सिकारलाई लाग्नुपर्ने गोली आफैंलाई लागे पछि बन्दुक बोकेका मल्ल तत्काल ढले ।
उपचारका लागि थप्रेक स्वास्थ्य चौकी लगिए पनि उनलाई बचाउन भने सकिएन ।

प्रहरीले मल्लसँगै गएका सुनबहादुरलाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको र घटनाबारे थप बुझिरहेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी