म्याग्दे गाउँपालिकाको आयोजनामा महिला केन्द्रित रक्तदान कार्यक्रम हुने

  • ख-
  • ख+

म्याग्दे : लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिकाले महिला लक्षित रक्तदान कार्यक्रम २१ गते बिहान गाउँपालिका प्राङ्गणमा गर्ने भएको छ ।

अधिक रक्तस्रावका बिरामी,प्रसुति,मुटु,मस्तिष्क लगायतको शल्यक्रिया र दुर्घटनामा परेकालाई रगतको अति आवस्यकता पर्ने हुँदा त्यसको सहयोगका लागि रक्तदान कार्यक्रम राखिएको म्याग्दे गाउँपालिकाकि अध्यक्ष मायादेवी रानाले बताइन् । खुल्ला रक्तदान हो तर महिला केन्द्रित गर्ने निर्णय गरेका छौँ । जसले गर्दा धेरै भन्दा धेरै महिलाहरू सहभागी भउन र धेरैले रगत दान गरून् अध्यक्ष रानाले बताइन् ।

पुरूषको तुलनामा महिला लाई बढी रगत चाहिने पनि ठानेउँ,जस्तैकि अनिच्छित गर्भधारण,गर्भपतन, रक्तश्राव प्रसुति आदि जस्ता समस्याका बेला रगतको अत्यन्तै आवस्यक पर्दछ भन्दै अध्यक्ष रानाले थपिन् हामीले रक्तदान नगरे आवस्यक ब्यक्तिले रगत कसरी पाउँछन् । कुनै बेला हामी आँफैलाई रगत चाहिँदा कसले दिन्छ त्यहि सोचेर महिलाहरूको बृहत् बैठक छलफल गरेर यो निर्णय गरेका हौँ ।

देशमा शिक्षित ब्यक्तिको सँख्या वृद्धि भए पनि अझै रक्तदानको बारेमा प्रयाप्त ज्ञान छैन,यसलाई चिर्न र अहिलेसम्म भएको रक्तदान हरूमा महिलाको सहभागीता न्यून रहेको देखिएकाले त्यसलाई बढाउन पनि महिला लक्षित गरेका हौँ अध्यक्ष रानाले थप प्रस्ट्याउँदै भनिन् ।

लैङ्गिक हिँसा विरूद्धको १६ दिने अभियान अन्तर्गत मंसिर २१ गते रक्तदान कार्यक्रम र २२ गते कानुनी सचेतना कार्यक्रम राखेको गाउँपालिकाकि महिला शाखा प्रमुख सारदा गैर्हेले बताइन् । कार्यक्रममा रक्तदान गर्न धेरै भन्दा धेरै महिलाको सहभागीता रहने गाउँपालिकाले अपेक्षा गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी