कोरोना संक्रमणः शुक्लागण्डकी र भानुकासहित गण्डकीमा १५ थपिए

  • ख-
  • ख+

दमौलीः तनहुँको भानु र शुक्लागण्डकी नगरपालिकामा थप एक एक जनामा कोरोना संक्रमण भेटिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्लागण्डकी २ का २५ र भानु २ का २६ वर्षका पुरुषमा संक्रमण भेटिएको छ ।

यसबाहेक कास्कीको पोखरा महानगरपालिकाका १० जनामा संक्रमण देखिएको छ । उनीहरुमध्ये दुई प्रहरी र एक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालाका स्वास्थ्यकर्मी छन् ।

कोरोना शून्य बनेको मनाङको चामेमा एक जना र लमजुङको दुधपोखरी र राईनासमा गरी एक एक जनामा संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी