नेपाली कांग्रेस गण्डकी अधिवेशनः पोखरामा ‘हाईप्रोफाइल’ जमघट (फोटो फिचर)

  • ख-
  • ख+

पोखराः संघीय संरचना स्थापना भए पछि पहिलो पटक हुन लागेको गण्डकी प्रदेश अधिवेशनअन्र्तगत आज पोखरा प्रदर्शनी केन्द्रमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।

संस्थापन र इतर गरी प्रष्ट रुपमा विभक्त दुई खेमाबीच यसपालीको नेतृत्वका लागि कडा चुनावी प्रतिष्पर्धा भएको छ ।

सबै पदमा प्यानलसहित चुनावी प्रतिष्पर्धा भैरहेको छ । संस्थापनबाट अर्जुन जोशी र इतरबाट शुक्रराज शर्मा उम्मेदवार चुनावी मैदानमा उत्रिरहेका बेला कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शशांक कोइरालालगायत पनि सहभागी भएका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली समेतले मतदान गरेका छन् । नेता गोपालमान श्रेष्ठ पनि चुनावकै लागि केही दिनयता पोखरामा छन् ।

कांग्रेस केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल, जीवन परियार तथा आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेलगायत पोखरामा रहँदा यसले बेग्लै रौनक दिइरहेको छ ।
हाईप्रोफाइल राजनीतिज्ञको उपस्थितीले चुनावी परिणाम जे जस्तो आए पनि दुवै पक्षमा सकारात्मक उर्जा भने दिएको छ ।

साँझसम्म चल्ने मतदानस्थल बाहिर उम्मेदवारका पक्षमा मत माग्ने र नाराबाजी गर्नेको माहोलले पोखरालाई बेग्लै रौनकपूर्ण बनाएको छ ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी