नेपाली कांग्रेस गण्डकी अधिवेशनमा हेभिवेट भीडन्त : पौडेल–शशांक र देउवाका उम्मेदवार को कति बलियो ? (प्यानलसहित)

  • ख-
  • ख+

पोखराः शनिबार बिहान ८ बजेबाट मतदान हुनुअघिका घण्टाहरु पोखरा लेकसाइड आसपासका क्षेत्रमा निकै चलायमान बने । पहिलो पटक हुँदै गरेको कांग्रेसको गण्डकी प्रदेश संरचनाको कार्य समितिमा नयाँ नेतृत्व चयनको यो सुनौलो अवसर कसैले पनि पहिले भोगेको थिएन ।


देश संघीय संरचनामा गए पछि विभिन्न अन्यौल आशा र उपशंकाकाबीच भएको कांग्रेस गण्डकी अधिवेशनका क्रममा पहिलो पटक धेरै पदका लागि प्रदेश अधिवेशन हुन लागेको हो । तनहुँसहितका केही जिल्लामा जिल्लातर्फका सदस्य सर्वसम्मत भए पनि धेरैमा भने गुटगत प्रतिष्पर्धा नै तीव्र हुने देखिएको छ ।


पोखरामा भीडन्त काठमाडौंमा प्रभाव
पार्टीका कार्यक्रममा छानेर मात्र हिंड्ने कांग्रेस महामन्त्री डा. शशांक कोइराला केही दिनयता लेकसाइडमा अड्डा जमाएर बसेका छन् । दोश्रो बरियतामा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो पक्षका मान्छे जिताउन शशांकभन्दा बढी सक्रिय छन् ।

केन्द्रमा सभापतिका दाबेदार भए पनि खुलेर नबोलेका पौडेललाई आफ्नो प्रदेशमा आउने समिति आफूपक्षीय भएमा समूहमा दाबेदारी प्रखर हुने भएकाले पनि पुराना नेता शर्मालाई टिकट दिलाउन र आकांक्षी व्यवस्थापनमा शशांकसँगै उनको अधिक सक्रियता देखियो ।


आफ्नो जिल्लाका खुलातर्फका सदस्यमा एकातिर संस्थापनइतर र अर्कोतिर संस्थापनका सदस्यलाई सर्वम्मत बनाउन पनि उनीपक्षका नेता कार्यकर्ता लाग्नु यसैको सूचक हो ।
उता, वरिष्ठ नेता पौडेललाई आफ्नो क्षेत्रमा कमजोर देखाउन र आफू बलियो देखाउन संस्थापन पक्षका नेताहरु गोपालमान श्रेष्ठ, शंकर भण्डारी, गोविन्द भट्टराईहरुको पोखरा बसाइ निकै कसरतपूर्ण बनिरहेको छ ।

उनीहरु आफ्ना उम्मेदवार अर्जुन जोशी मात्र नभएर उनको टिमका महत्वपूर्ण सदस्यको उम्मेदवारी खेर नजाओस् भन्न राती अबेरसम्मै जोडघटाउमा व्यस्त भए ।


संस्थापनइतरले प्रतिष्पर्धा बलियो हुने आशंकामै सबैभन्दा बढी मत भएको पोखराका पुराना नेता शुक्रराज शर्मालाई टिकट दिलाउन खरिएका आकांक्षीहरु देवराज चालिसे, यज्ञबहादुर थापा तथा महेन्द्रध्वज जिसि अनि रघुनाथ पौडेलसम्मलाई पछि आकर्षक पद दिने नाममा व्यवस्थापन गर्यो । तर, आफ्नो व्यक्तित्व अनि बढ्दै गएको संस्थापनको प्रभाव अनि हेभिवेट नेताको साथका कारण धेरैले चिन्ने र पछिल्लो पुस्तामाझ लोकप्रिय जोशी शुरुदेखि नै सो समूहको रोजाइ बन्न पुगे ।

को कति बलियो ?
संस्थापनइतरले प्रतिष्पर्धा बलियो हुने आशंकामै सबैभन्दा बढी मत भएको पोखराका पुराना नेता शुक्रराज शर्मालाई टिकट दिलाउन खरिएका आकांक्षीहरु देवराज चालिसे, यज्ञबहादुर थापा तथा महेन्द्रध्वज जिसि अनि रघुनाथ पौडेलसम्मलाई पछि आकर्षक पद दिने नाममा व्यवस्थापन गर्यो ।

संस्थापनले उठाउन लागेका अर्जुन जोशीको व्यक्तिगत बलियो प्रभाव कम गर्नका लागि योभन्दा अरु विकल्प नभएकाले जोखिम मोलेरै भए पनि पौडेल शशांकले कठिन निर्णय लिए ।


नेता शर्मा पुराना हुनुका अतिरिक्त परिचित र धेरैले आदर गर्ने रुपमा चिनिन्छन् । यसकारण उनका पक्षमा पल्ला भारी हुने आंकलन संस्थापनइतरको छ । आफ्नो प्यानल बलियो रहेकाले पनि त्यसको फाइदा उनलाई हुने आंकलन समूहको छ ।


तर, आफ्नो व्यक्तित्व अनि बढ्दै गएको संस्थापनको प्रभाव अनि हेभिवेट नेताको साथका कारण धेरैले चिन्ने र पछिल्लो पुस्तामाझ लोकप्रिय जोशी शुरुदेखि नै सो समूहको रोजाइ बन्न पुगे ।

समूहमा निर्विवाद र पर्वत र आसपास बलियो मत अनि पोखरामा रहेको पहिचानले आफ्ना उम्मेदवारलाई फाइदा हुने संस्थापनको अनुमान अनि इतरको विश्वासमध्ये कसको अनुमान मिल्छ थाहा पाउन अबका केही घण्टाहरु पोखराको राजनीतिमा हुने जोड घटाउको नियमित आँकलन हेर्नैपर्ने छ ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्