आठौं तनहुँ महाेत्सव पाैष २९ देखि माघ १० गतेसम्म हुने

  • ख-
  • ख+

दमौली: आठौं तनहुँ महाेत्सव पाैष २९ गतेदेखि माघ १० गतेसम्म हुने भएको छ । महाेत्सवकाे बारेमा जानकारी गराउन अायाेजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले साे बारेमा जानकारी दिएका हुन् ।

” तनहुँ महाेत्सव हाम्रो अाधार , अार्थिक सामाजिक बिकासकाे पुर्वाधार भन्ने मुल नाराका साथ हुने महाेत्सवमा अार्थिक ,सामाजिक बिकासका साथै स्थानीय उत्पादन , कृषि , धार्मिक , साँस्कृतिक , पर्यटकीय स्थल , उद्योग , ब्यापार ब्यबसायकाे सम्भाब्यता अध्यन गरि प्रवर्द्धन गर्ने उद्धेश्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।

दमाैली स्थित बिपि वनबाटिकामा हुने महाेत्सवमा स्वदेशी तथा बिदेशी गरि करिब ५ लाख दर्शक हरूले अवलोकन गर्ने लक्ष्य राखिएको महासचिव सुवाेध अधिकारीले बताए । हामीले ६ करोडको काराेबार गर्ने अपेक्षा सहित कुल अाम्दानि ८० लाख र खुद अाम्दानि १५ लाख ३५ हजार हुने अनुमान गरेका छाैँ महासचिव अधिकारीले भने ।

तनहुँ उद्योग बाणिज्य संघ , जिल्ला समन्वय समिति तनहुँ , ब्यास नगरपालिका अायाेजक तथा दमाैली बजार इकाई सहअायाेजक रहने गरि गरिने महाेत्सवमा निर्देशक मानकाजि श्रेष्ठ रहने भएका छन् ।

यस्तै, अध्यक्षमा पविन्द्र कुमार श्रेष्ठले , सचिवालय संयाेजकमा महासचिव सुवाेध अधिकारी तथा अार्थिक संयाेजकमा काेशाध्यक्ष दिनेश कुमार श्रेष्ठ रहने छन् । पत्रकार सम्मेलनमा संघका बरिस्ठ उपाध्यक्ष इमकुमार मल्ल , द्धितिय उपाध्यक्ष कुमार मल्ल , दमाैलि इकाई सभापति भुपाल अाले , उज्वल पाैडेल , माधव न्याैपाने , सकुन्तला अाले लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्