सञ्चारिका समुह तनहुँको अध्यक्षमा सम्झना सर्वसम्मत

  • ख-
  • ख+

दमौली: सञ्चारिका समुह नेपाल तनहुँले तेस्रो साधारण सभा तथा प्रथम जिल्ला अधिवेशन गरेको छ । शुक्रबार दमौलीमा भएको अधिवेशनले सम्झना रसाइलीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

समुहको उपाध्यक्षमा ममता गुरुङ, सचिव सुनिता आचार्य, सहसचिव निशा थापा मगर, कोषाध्यक्ष सर्मिला विक निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा करुणा थापा, मन्जु थापा, सोनिया लगुन र सावित्रा कोइराला छन् भने समुहको सल्लाहकारमा निवर्तमान अध्यक्ष सन्तोषी श्रेष्ठ, निवर्तमान उपाध्यक्ष भुमिका आले, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेल, प्रेस चौतारी नेपाल तनहुँका अध्यक्ष नारायण खड्का र े, नेपाल पत्रकार महासंघ तनहुँका उपाध्यक्ष अस्मिता खनाल रहेका छन ।

समुहको साधारण सभा उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदिप काफ्लेले पत्रकारिता क्षेत्रमा महिला पत्रकारको अवसर र चुनौती दुबै रहेको चर्चा गरे ।

यस्तै, कार्यक्रममा अमेरिकाको मेरिल्याण्ड राज्यका अवैतानिक महावाणिज्य दुत एवं वरिष्ठ लोकदोहोरी गायक प्रेमराजा महतले संचार जगतको महत्वपूर्ण रहेको चर्चा गर्दै बन्दिपुरको प्रवर्द्धनको लागि नयाँ गीत सार्वजनिक गर्न लागेको र आफु देश बाहिर रहेपनि सधै जिल्लाको प्रचार प्रसार र प्रवर्द्धनमा लागि परेको बताए । महतले सञ्चारिकाको कार्यक्रम तथा गतिविधि सञ्चालानार्थ रु २५ हजार आर्थिक सहयोग समेत प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेल, प्रेस चौतारी नेपाल तनहुँका अध्यक्ष नारायण खड्का, क्रियाशिल महिला पत्रकार तनहुँकी अध्यक्ष बिमला दुवाडी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै, समुहकी सचिव सम्झना रसाइलीले सचिवको प्रतिवेदन र कोषाध्यक्ष ममता गुरुङले कोषाध्यक्षको प्रतिवेदन पेश गरेक थिए ।

यसैबीच आजै नवनिवार्चित कार्यसमितिको पहिलो बैठकले सञ्चारिका समूहको नाममा रु १ लाखको ‘तनहुँ सञ्चारिका अक्षयकोष’ स्थापना गरी प्रत्येक वर्ष जिल्लामा सक्रिय एक जना पत्रकार महिलालाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्