
दमौली : नेपाल पत्रकार महासंघ तनहुँ जिल्ला शाखाले यहि मंसिर २४ गते शुक्रबार बनभोज कार्यक्रमको आयोजना गरेको छ ।
शाखाका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले आँबुखैरेनी गाउँपालिका स्थित धार्मिक पर्यटकीय स्थल आँधीमूलमा बनभोज आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले बनभोजका लागि रकम संकलन गर्ने जिम्मेवारी कोशाध्यक्ष बिमला कंडेललाई दिएको सचिव प्रताप रानाले बताए ।
उक्त बैठकले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सभासद मदन वाग्लेका पिता रबिचन्द्र वाग्लेको निधन प्रति शोक प्रस्ताव पारित गरेको छ ।