नेपाली कांग्रेस गण्डकी अधिवेशनः संस्थापनइतर खेमामा तनहुँबाट प्रशस्त टिकट

  • ख-
  • ख+

पोखराः पोखरामा जारी नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनअन्र्तगत संस्थापनइतर खेमामा तनहुँका अधिक नेताले टिकट पाएका छन् ।


संस्थापनबाट टिकट पाउनेमा अधिकांश प्रदेश सदस्य उम्मेदवार छन् । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले खस आर्य, गण्डकी प्रदेश सभासद सरिता गुरुङलाई जनजाति महिला, महाधिवेशन प्रतिनिधि लक्ष्मी आचार्यलाई खुला सदस्यमा टिकट मिलेको छ ।


यसैगरी, दलित नेता अमृत नेपालीलाई दलित, कर्णबहादुर गुरुङलाई जनजाति खुला पवित्रा गौलीलाई खुला महिलातर्फको सदस्यको टिकट दिइएको छ ।


पदाधिकारीमा भने तनहुँका कोही पनि नेताले टिकट नपाएको गण्डकी प्रदेश सभा सदस्य एवं प्रदेश सदस्य उम्मेदवार सरिता गुरुङले दमौली न्यूजलाई जानकारी दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी