देउसी भैलो खेलेको रकमबाट सडक बत्ती जडान

  • ख-
  • ख+

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका वडा नँ ३ मा रहेको नव पसले युवा क्लवले देउसी भैलो खेलेको रकमबाट सडक बत्ती जडान तथा मर्मत गरेको छ ।

सामाजिक उत्तरदायित्वको भावना अन्तर्गत गाउँ टोलमा उज्यालो होस भन्नको लागि सडक बत्ती नयाँ जडान तथा पुरानो मर्मत गरिएको क्लवका अध्यक्ष आशिश श्रेष्ठले बताए ।

हामीले ३ ठाउँमा नयाँ बत्ती जडान र ६ ठाउँमा मर्मत गरेका छौं , अध्यक्ष श्रेष्ठले भने त्यसको लागि करिव ४ हजार खर्च भएको उनले बताए । देउसी भैलो खेलेको रकमलाई दुरुपयोग गरी घुम्ने रमाउने प्रचलन बढ्दै गएको परिप्रेक्ष्यमा पसले युवा क्लवले भने नमुना काम गरेको छ ।

लामो समयसम्म बिग्रेर अन्धकार भएको टोलमा सडक बत्ती जडान गरि उज्यालो बनाएको भन्दै टोलवासीहरू क्लवले गरेको काम प्रति खुसी बनेका छन् । अहिलेका अध्यक्ष श्रेष्ठ आएपछि क्लवले धेरै राम्रो र रचनात्मक कामहरू गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी