कांग्रेस प्रदेश सभापतिमा संस्थापन इतर समूहबाट शुक्रराज

  • ख-
  • ख+

पोखरा : नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेसनमा संस्थापन इतर समूहबाट शुक्रराज शर्मालाई सभापतिमा टिकट दिईएको छ ।

लामो छलफल र सम्बादपछि सबै उम्मेद्वारलाई एउटै मन्चमा राखेर शर्मालाई सभापति बनाउने निर्णय सुनाईएको हो ।


यसैका लागि बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला लगायत नेताहरु पोखरामा छन् । यहाँ पौडेल समूहबाट ५ नेताले सभापतिमा आकांक्षा देखाएका थिए ।


कास्कीबाटै पुर्वमन्त्री यज्ञबहादुर थापा, देवराज चालिसे, नवलपुरका महेन्द्रध्वज जिसी र तनहुँका रघुनाथ पौडेल दावेदार थिए ।

अन्य पदहरुमा भने अझै उम्मेद्वार टुंगो लागेको छैन । संस्थापन पक्षबाट भने अर्जुन जोशीको नेतृत्वमा प्यानल घोषणा भैसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्