दमाैलीमा ब्याडमिन्टन प्रतियोगिता हुने

  • ख-
  • ख+

दमौली : दमाैलीमा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । यहि मंसिर २४ र २५ गते दुई दिन प्रथम सरस स्पाेटर्स हाउस ब्याडमिन्टन प्रतियाेगिता हुने अध्यक्ष सुमन श्रेष्ठले बताए ।

दमाैलीकाे उत्तरशीला कवर्ड हलमा हुने प्रतियोगिताकाे अहिले तयारी भइरहेको अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगितामा बि लेवलकाे प्रथम , द्धितिय र सान्त्वना हुने टिमलाई क्रमश नगद रू ३० हजार , २० हजार र ५ / ५ हजार तथा प्रमाणपत्र , ट्रफी र मेडल दिइने अध्यक्ष श्रेष्ठले बताए ।

यस्तै सि लेवलकाे प्रथम , द्धितिय र तृतीय हुने टिमलाई क्रमश २० हजार , १० हजार र ५ हजार नगद तथा मेडल , ट्रफि र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ ।

क्लबले २२ गते सम्ममा टिम दर्ता गरिसक्न भनेको छ । दर्ताका लागि  बि लेवल लाई दर्ता शुल्क ३ हजार ५ सय तथा सि लेवललाइ २ हजार ५ सय रहेकाे अध्यक्ष श्रेष्ठले बताए  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी