एसपी रेग्मी भन्छन्, ‘ड्युटी गर्न आएका हौं, लोभ र दबाबमा पर्दैनौं’

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
तनहुँका नयाँ प्रहरी उपरीक्षक एसपी राजेन्द्रबाबु रेग्मीले लोक लालच र दबाबमा नपरिकन नागरिकको सेवा गर्ने जिकिर गरेका छन् ।

पत्रकार भेटघाट गर्दै उनले प्रहरीले पहिल्यै योजना नबनाउने भन्दै उत्कृष्ट नतिजा आउने गरी काम गर्ने दाबी गरे । पत्रकार जगतबाट साथको समेत उनले अपेक्षा गरे ।

‘चौंथो अंग तपाईंहरूले सकारात्मक सोचका साथ सत्यतथ्य समाचार प्रकाशित गरिदिनु भयो भने प्रहरीलाई धेरै कुरामा सजिलो हुन्छ,’ उनले भने ।

जिल्ला प्रहरी कार्यलय तनहुँमा बिहीबार भएको पत्रकार भेटघाट कार्यक्रममा एसपी रेग्मीले जतिसक्दो चाडैं सुचना प्रबाह गर्ने प्रतिवद्धता ब्यक्त गरे । एक अर्को प्रसङ्गमा प्रहरी नायव उपरीक्षक डिएसपी युवराज खड्काले समाचार लेख्दा पुष्ट्याई गरेर मात्रै लेख्न आग्रह गरे ।

जिल्लामा एसपी रेग्मी तथा डिएसपी खड्का दुवै गत हप्ता मात्रै सरूवा भएर आएका हुन् । एसपी रेग्मीको स्याङ्जा र डिएसपी खड्काको नुवाकोट घर भएको सो अवसरमा बताइएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्