श्रम रोजगारी तालिम अब स्थानीय तहमा : मन्त्री श्रेष्ठ

  • ख-
  • ख+

काठमाडौंः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोससहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा मंगलबार भएको भेटमा दुईबीच विश्व बैंकको लगानीमा रहेका परियोजनाको प्रभावकारीताको विषयमा छलफल भयो । सो अवसरमा मन्त्री श्रेष्ठले नेपालको विकासमा विश्व बैंकले पु¥याउँदै आएको योगदानको लागि धन्यवाद दिंदै आगामी दिनमा लगानी थप विस्तार हुने विश्वास व्यक्त गरे ।

विश्व बैंकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न योजनाहरुमा पुर्याउदै आइरहेको सहयोग महत्वपुर्ण रहेको भन्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरोकारवालाहरुसँग बृहत छलफल गरी प्रभावकारी बनाइने बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाइ विश्व बैंकबाट प्राप्त सहयोगले ठूलो योगदान दिइरहेको छ । यसलाई प्रभावकारी बनाउन दीगो रोजगारीसंग जोड्ने, बेरोजगार, विपन्न तथा लक्षित वर्गका लागि उपयोगी किसिमका पूर्वाधार विकास गर्ने तथा बजारको माग अनुसार रोजगारी आपुर्ति गर्ने तर्फ काम अगाडि बढाउनुपर्ने मन्त्री श्रेष्ठले बताए ।

श्रम रोजगारी तथा सीप तालिमलाइ एकीकृत रुपमा संचालन गर्न स्थानीय तह मार्फत नमुना सेवा केन्द्रको संचालन गर्ने र सबै स्थानीय तहमा विस्तार गर्ने आफ्नो योजना रहेको भन्दै मन्त्री श्रेष्ठले उक्त परियोजनामा विश्व बैंकबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

निर्देशक जर्भोसले नेपालमा थप रोजगारमुलक कार्यक्रम, यस सम्बन्धि आवश्यक नीति, क्षमता विकास तथा सेवा प्रवाहमा सुधार हुने गरी प्राविधिक सहायता परिचालन गर्न विश्व बैंक तयार रहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी