एमाले महाधिवेशनः पार्टी फुट्दा बढ्यो केन्द्रमा तनहुँको पहुँच

  • ख-
  • ख+

दमौलीः हालै चितवनको सौराहामा सम्पन्न नेकपा एमालेको १० औं महाधिवेशनबाट चार जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

यस अघि पदाधिकारीमै अटाउने गरी उम्मेदवारी घोषणा गरेका किरण गुरुङदेखि सादगीपूर्ण नेताको पहिचान बनाएका टुकराज सिग्देलसम्म खुलाबाट केन्द्रीय सदस्य निर्वाचित भए । दुवै यस अघि पनि केन्द्रीय समितिमा प्रतिनिधित्व गर्थे ।

गण्डकी प्रदेशको सह इञ्चार्ज रहिसकेका गुरुङ स्थायी कमिटी सदस्य रहिसकेका थिए ।
सिग्देल भने वैकल्पिक केन्द्रीय सदस्य रहिसकेका हुन् । गुरुङ र सिग्देल फरक धारको प्रतिनिधित्व गर्छन् ।

सिग्देल केन्द्रमा सिधै ओलीसँग पहुँच राख्छन् भने गण्डकीमा नेता खगराज अधिकारीनिकट मानिन्छन् । ओलीसँगै सम्बन्ध रहे पनि गुरुङ भने फरक धारमा छन् ।

महिला तर्फबाट राष्ट्रिय सभा सदस्य गभवती न्यौपानेसँगै शुक्लागण्डकी नगरपालिकाकी उप प्रमुख सविता रसाईली पनि केन्द्रीय समितिमा अटाए । यो दुवैका लागि नयाँ अनुभव हो ।

दुई महिला केन्द्रीय सदस्य
न्यौपाने पद्मा अर्यालमार्फत ओलीसँगको सम्पर्कमा रहेको मानिन्छन् ।
पहिले केन्द्रीय नेताका रुपमा गुरुङ र विभाजन अघि प्रतापलाल श्रेष्ठ मात्र रहेकामा अब पार्टी विभाजनसँगै केन्द्रीय सदस्यका हैसियतमा सदस्य बढेसँगै यसले जिल्लाको पार्टी समीकरणमा पनि प्रभाव पार्नेछ ।

नेकपा एस्को संगठनमा समेत केन्द्रीय नेताहरु बढे पछि त्यसलाई काउण्टर दिन पनि अध्यक्ष केपी शर्मा ओलीले तनहुँबाट बढी केन्द्रीय सदस्य निर्वाचित गर्न सघाएको चर्चा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्