कांग्रेस गण्डकी अधिवेशनः संस्थापनइतरको नाम टुंग्याउन पौडेल नेतृत्वको टोली

  • ख-
  • ख+

पोखराः गण्डकी प्रदेशको पार्टी अधिवेशनको पूर्वसन्ध्यामा संस्थापनइतरको नाम टुंग्याउन पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा कार्यदल बनेको छ ।

महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बसेको बैठकले विभिन्न प्रदेशससँगै गण्डकीका लागि जिम्मेवारी नेताहरुलाई दिएको हो ।

अब वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, नेताहरु दिलबहादुर घर्ती, कमला पन्त र जीवन परियारले आकांक्षीबीच परामर्शका आधारमा उम्मेदवारको नाम टुंग्याउने पौडेलका प्रेस सहयोगी खिला कार्कीले बताए ।

संस्थापनइतर खेमाबाट यज्ञबहादुर थापा, रघुनाथ पौडेल, देवराज चालिसे, महेन्द्रध्वज जिसीलगायत आकांक्षी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्