नेकपा माओवादी नेतृत्वः व्यासमा रामचन्द्र,म्याग्देमा डिलबहादुर

  • ख-
  • ख+

दमौलीः नेकपा माओवादी केन्द्र व्यास र म्याग्देको अधिवेशनले नेतृत्व चयन गरेको छ ।

म्याग्दे अधिवेशनले डिल बहादुर नेपालीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा जमुना अधिकारी, .होमबहादुर आले, डण्डमान श्रेष्ठ, सचिव बालकृष्ण श्रेष्ठ, सहसचिवद्वय सोमबहादुर सदाशंकर, सुकराम विक लगायत ५५ सदस्य रहेका छन् ।

यसैगरी, पार्टी व्यास नगर अधिबेशनले रामचन्द्र सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षहरूमा देबिका कुमारी बुर्जा मगर, ईश्वर बस्याल र गोपाल सुर्खाली छन् ।

सचिवमा बसन्त दरै, सहसचिवमा हर्कबहादुर थापा तथा कोषाध्यक्ष केहर सिं आले (बादल) छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्