नेपाली कांग्रेस गण्डकी अधिवेशनः प्रदेश सह महामन्त्री लड्ने युवा नेता भट्टराईको तयारी

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सुरेश भट्टराईले कांग्रेस गण्डकी प्रदेश अधिवेशनमा सह महामन्त्री चुनाव लड्ने तयारी गरेका छन् ।

लोकप्रिय मतबाट तनहुँमा महाधिवेशन प्रतिनिधि चुनाव जितेका भट्टराईले प्रदेशको कार्यकारी भूमिकामा रहेर चलायमान नेतृत्व र युवा सहभागीता बढाउन उम्मेदवारी दिन लागेको बताए ।

यसका लागि नेताहरुसँग परामर्श भैरहेको भन्दै उनले सबै शीर्ष नेताबाट साथ मिलेको बताए । ‘सबैले उत्साह दिनुभएको छ, म चुनाव लड्छु,’ उनले भने

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्