विज्ञप्ति जारी गर्दै न्यौपानेले भने, ‘सहयोगी निराश नहुनुस्’

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस तनहुँका निवर्तमान सभापति बैकुण्ठ न्यौपानेले आफ्ना कार्यकर्तालाई निराश नहुन अनुरोध गरेका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै उनले नवनिर्वाचित नेतृत्वलाई बधाई ज्ञापन गर्दै निर्वाचन परिणामबाट निराश नहुन सहयोगीलाई आग्रह गरे ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘यो अभियानमा उपविजेता हुनुभएका साथीहरुलाई पार्टीको आन्तरिक निर्वाचनको परिणाम आत्मसाथ गर्दै निर्वाचित मित्रलाई सहयोग गर्न अनुरोध गर्दछु ।’

‘लाइनका मतदातालाई बञ्चित गरियो’
न्यौपानेले विज्ञप्तिमा लाइनमा रहेका मतदातालाई मतदानबाट बञ्चित गरिएको, जिम्मेवारबाटै डर, धाक र धम्की दिइएको तथा सरकारी संयन्त्रको ठाडो हस्तक्षेप गरिएको जस्ता गम्भीर आरोप समेत लगाएका छन् ।

प्रतिशोधपूर्ण संस्कृतिले सबैलाई असर पार्ने जिकिर गर्दै उनले प्रतिपक्षको प्रतिष्पर्धामा समस्या पर्न सक्ने उल्लेख गरेका छन् ।

न्यौपानेले आफूलाई मतदान गर्नेलाई धन्यवाद दिंदै पार्टी संगठन बलियो पार्न निरन्तर लागिरहने प्रतिवद्धता पनि विज्ञप्तिमार्फत जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्