कांग्रेस जिल्ला अधिवेशनः तीन मेयरको पराजय,एकको अत्यधिक मत

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा बनेका दुई बेग्लाबेग्लै प्यानलमा उम्मेदवारको छनोटले यसलाई हेभिवेट बनाएको थियो । एक प्यानलको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलको साथ प्राप्त आफैं पार्टी सभापति र व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गरेका थिए ।

अर्को प्यानलको नेतृत्वकर्ता जीतप्रकाश आलेलाई केन्द्रमा संस्थापननिकट केन्द्रीय सदस्य गोविन्द भट्टराई, शंकर भण्डारीका साथमा मास्टर प्लानर भनेर चिनिने आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेको आड थियो ।

न्यौपानेको प्यानलमा उम्मेदवारको छनौटका बखत म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेलाई उप सभापतिमा टिकट दिइयो । तर, स्थानीयस्तरमै लोकप्रियता खस्केको भन्दै दिइसकेको टिकट घिमिरेबाट खोसेर शुक्लागण्डकी नगर प्रमुख किसान गुरुङलाई दिइयो ।

यसभित्र लुकेको कारण थियो, प्यानलगत प्रतिष्पर्धामा हात माथि पार्न खोज्नु । किनभने आले नेतृत्वको संस्थापन खेमाले पहिल्यै त्यस्तै हेभिवेट प्यानल तयार गर्ने सूचना संस्थापनइतर प्यानलसँग थियो ।

संस्थापन प्यानलले ऋषिङ, भीमाद अनि क्षेत्र २ मा दह्रो पकड बनाएका गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र चुनाव हारेको रेकर्ड नभएका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । ्

यस अर्थमा संस्थापइतरले प्रतिष्पर्धा दह्रो बनाउन र हात माथि पार्न साविक क्षेत्र ३ का सभापति रहिसकेका र दह्रो पकड बनाएका शुक्ला नगर प्रमुख किसान गुरुङ र अर्को उम्मेदवारमा भानु क्षेत्रमा साझा नेता मानिने नगर प्रमुख उदयराज गौलीलाई टिकट दियो ।

दुवै टिमका उम्मेदवार एकसे एक भए पनि तीन नगर प्रमुखले हारे । एकले अत्यधिक मतका साथ जिते । किसान गुरुङ र देवकुमार श्रेष्ठबीचको प्रतिष्पर्धा साँच्चिकै नेक टु नेक भीडन्त थियो । १० मत अन्तरले गुरुङले श्रेष्ठसँग चुनाव हार्नुपर्दा उनका कार्यकर्ताहरुले ४ बजे गेटमा पुगेर मत हाल्न नपाएका आफ्ना नेतामाथि आक्रोश पोखिरहेका छन् ।

जनताबाट अनुमोदित नगर प्रमुखहरुले पार्टीको चुनावमा हार्नुले उनीहरुले आफूले लिएका नीति र व्यवहारबारे समीक्षा गर्नुपर्ने कोणबाट पनि बहस चलिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्