सभापतिभन्दा धेरै मत ल्याएर सचिवमा खनाल विजयी

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस तनहुँको सचिवमा लक्ष्मीभक्त खनाल सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भएका छन् । कुल मत गन्न बाँकी छँदै फराकिलो मतान्तरले खनाल विजयी भएका छन् ।

संस्थापनकिट खनालका अर्का सहकर्मी सचिवमा संस्थापनका सहदेव अधिकारी र इतरका मोहन गिरीबीच झिनो अन्तरको लडाइंकाबीच खनाल विजयी भएका हुन् । उनले 1020 मत ल्याएका छन् । सभापतिमा जितेका जीतप्रकाश आलेले ९५१ मत पाए ।

उनी यस अघि नेविसंघका सह महामन्त्री भैसकेका छन् । आक्रामक प्रचार र लामो समयको कसरतले बैंकको म्यानेजरको जागिर छाडेका खनाललाई जित्न सहज बनाएको हो ।

उनले नौ सय बढी मत ल्याएका छन् । उनी यस अघि नेविसंघका सह महामन्त्री भैसकेका छन् । आक्रामक प्रचार र लामो समयको कसरतले बैंकको म्यानेजरको जागिर छाडेका खनाललाई जित्न सहज बनाएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्