नेपाली कांग्रेस अधिवेशन मतगणनाः आलेको अग्रता निरन्तर

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस तनहुँको जिल्ला अधिवेशनअन्र्तगत भैरहेको मतगणनामा सभापतिका प्रत्यासी हालका कार्यवाहक सभापति जीतप्रकाश आलेले निरन्तर अग्रता लिइरहेका छन् ।

अधिकांश प्यानल सदस्यसहितका पदमा आले प्यानलको अग्रता देखिएको छ ।

यो समाचार तयार पार्दासम्म गनिएको एक हजार मतमा आलेले 537 पाउँदा अर्का प्रत्यासी हालका सभापति बैकुण्ठ न्यौपानेले 433 मत पाएका छन् ।

आलेले लगातार अग्रता लिइरहेको र दुवै क्षेत्रका मत मिसिएकाले न्यौपानेलाई अब बाँकी
७८३ मतमा जितका लागि ठूलै फराकिलो मतले लिड गर्नुपर्ने अवस्था छ ।

त्यो अवस्था आउन निकै कठिन देखिएको छ । अरु पदमा आले प्यानलको अग्रता भए पनि सह सचिवमा भने न्यौपाने प्यानलका मिलन आले पनि अगाडि देखिएका छन् ।

न्यौपाने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र आले केन्द्रमा संस्थापन पक्षको उम्मेदवारका रुपमा मैदानमा उत्रिएका थिए ।

निर्वाचन समितिका अनुसार निर्वाचन क्षेत्र नं १ का ९५१ मध्ये ९२३ मतदाताले मतदान गरेका छन् ।

निर्वाचन क्षेत्र नं २ का ८६६ मध्ये ८५८ मतदाताले मतदान गरेका छन् ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्