नेपाली कांग्रेस जिल्ला अधिवेशनः सभापतिसहित पदाधिकारीका लागि मत गन्न शुरु

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसको जिल्ला अधिवेशनअन्तर्गत सभापतिसहित पदाधिकारीका लागि मत गन्न थालिएको छ ।

कांग्रेस पार्टी कार्यालय बीपी स्मृति भवन दमौलीमा मतगणना शुरु भएको कांग्रेस कोषाध्यक्ष रेशम गुरुनले दमौली न्यूजलाई जानकारी दिए ।

बेग्ला बेग्लै ठाउँमा मत गन्ने र निरन्तर गणना गरिने उनले जानकारी दिए । मतगणनाको परिणाम बेला बेला सार्वजनिक गरिने बताइएको छ ।

यसअघि शनिबार राती गन्ने तयारी भए पनि अकस्मात मतगणना स्थागित गरिएको थियो ।

निर्वाचन समितिका अनुसार निर्वाचन क्षेत्र नं १ का ९५१ मध्ये ९२३ मतदाताले मतदान गरेका छन् । सो क्षेत्रका २८ जनाले मतदान गर्न पाएनन् ।

निर्वाचन क्षेत्र नं २ का ८६६ मध्ये ८५८ मतदाताले मतदान गरेका छन् । ८ मत भने खसेन ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्