‘आज गन्ने सबै तयारी थियो भोलि गन्ने निर्णय भयो ‘

  • ख-
  • ख+

दमौली: आज रातिबाट गन्ने तयारी गरिएको नेपाली कांग्रेस जिल्ला अधिवेशनको मत भोली बिहान मात्र गणना गरिने भएको छ ।


यस अघि ९ बजेबाट गन्ने भनेर पार्टी कार्यालय दमौलीमा ठाउँ व्यवस्था गरिए पनि जिल्ला नेतृत्वले आज मत नगन्ने निर्णय गरेको हो। गणना स्थलमा रहेका कोषाध्यक्ष रेशम गुरुङले ‘ आज नगन्ने ‘ निर्णय भएको भन्दै भोली बिहान ८ बजे समय तय गरिएको बताए ।


आज दिउँसो समय सकिए पछि मत हाल्ने विषयमा भनाभन भएको थियो ।


निकै कडा प्रतिष्पर्धा हुने अनुमान भएकाले नेतृत्वले राती सुरक्षाका कारण पनि मत गन्न नथाल्ने निर्णय गरेको ठानिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी