नेपाली कांग्रेस तनहुँ अधिवेशनः नौ बजेबाट मत गन्न थालिने, निरन्तर गन्ने तयारी

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस तनहुँको मतगणना राती करिब नौ बजेतिरबाट शुरु हुने भएको छ ।

दिउँसो ४ बजे सम्पन्न मतदानपछि आवश्यक तयारीहरु बाँकी रहेकाले समय लागेको र अब नौ बजेतिरबाट मत गन्ने प्रक्रिया शुरु हुने पार्टी जिल्ला कोषाध्यक्ष रेशम गुरुङले दमौली न्यूजलाई जानकारी दिए ।
खाना खाए पछि निरन्तर मत गन्न थालिने र करिब नौ बज्ने उनले बताए ।

दिउँसो ४ बजेसम्म भएको मतदानका क्रममा कुल १७८१ मत खसेको छ ।

निर्वाचन समितिका अनुसार निर्वाचन क्षेत्र नं १ का ९५१ मध्ये ९२३ मतदाताले मतदान गरेका छन् । सो क्षेत्रका २८ जनाले मतदान गर्न पाएनन् ।

निर्वाचन क्षेत्र नं २ का ८६६ मध्ये ८५८ मतदाताले मतदान गरेका छन् । ८ मत भने खसेन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी