कांग्रेस जिल्ला अधिवेशनः मतदान सम्पन्न, १७८१ मत खस्यो, ३६ खसेन

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस तनहुँको अधिवेशनअन्र्तगत मतदान सम्पन्न भएको छ । दिउँसो ४ बजेसम्म भएको मतदानका क्रममा कुल १७८१ मत खसेको छ ।


निर्वाचन समितिका अनुसार निर्वाचन क्षेत्र नं १ का ९५१ मध्ये ९२३ मतदाताले मतदान गरेका छन् । सो क्षेत्रका २८ जनाले मतदान गर्न पाएनन् ।

समय कटे पछि गएको भन्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, महाधिवेशन प्रतिनिधि लक्ष्मी आचार्यलगायतले मतदान गर्न पाएनन् ।

निर्वाचन क्षेत्र नं २ का ८६६ मध्ये ८५८ मतदाताले मतदान गरेका छन् । ८ मत भने खसेन ।

अब मुचुल्का उठाएर साँझबाट मतगणना थालिने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी