
दमौलीः नेपाली कांग्रेस तनहुँको अधिवेशनमा केही शीर्ष नेताले नै मतदान गर्न नपाएको भन्दै विवाद भएको छ ।
निर्वाचन समितिले समय सकिएको भन्दै तनहुँ क्षेत्र १ को मतदानस्थल जिल्ला सभागृहमा प्रवेश गर्न नदिए पछि जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले, महाधिवेशन प्रतिनिधिहरु लक्ष्मी आचार्य, आनन्दराज त्रिपाठीलगायत मतदान गर्न नपाएको भन्दै विवाद भएको छ ।
रोकिनेमा दुवै खेमाका नेता छन् । बिहान ९ः ५० मा मतदान शुरु भएको थियो । ४ बजेबाट लाइनमा बसेको मत हाल्न नपाएकाको दाबी छ ।
दुवै उमेदवारबीच छलफल गरेर विवाद टुंग्याउने तयारी छ