कांग्रेस स्याङ्जाको सभापतिमा थापा विजयी

  • ख-
  • ख+

कांग्रेस स्याङ्जाको सभापतिमा थापा विजयी

पोखरा : नेपाली कांग्रेस स्याङ्जाको सभापतिमा राजु थापा विजयी भएका छन् । गण्डकी प्रदेश सांसद समेत रहेका निकटतम प्रतिष्पर्धी भागवत प्रकाश मल्ललाई ३२ मतान्तरले पराजित गरी थापा सभापति बनेका हुन् ।

थापाले १११७ मत प्राप्त गरी विजयी हुँदा मल्लले १०८५ मत प्राप्त गरे । कुल २२ सय ५७ मतदाता रहेको कांग्रेस स्याङ्जामा २२ सय १८ जनाले मतदान गरेका थिए ।

पराजित भएका मल्ल निर्वाचन क्षेत्र नम्बर २ ९ख० बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य समेत हुन् भने नेपाल तरुण दल स्याङ्जाका सभापति पनि हुन् । थापा क्षेत्र नम्बर १ बाट हुन् । थापा पौडेल समूह र मल्ल देउवा समूहका मानिन्छन् । यद्यपि थापालाई देउवा निकट नेताहरूकै समर्थन रहेको बताइन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी