तनहुँका ज्येष्ठ नागरिकको प्रश्नः कागजमा यातायात छुट छ, कन्टक्टरले किन दिंदैनन् ?

  • ख-
  • ख+

दमाैली : ज्येष्ठ नागरिकहरूकाे अधिकार र स्थानीय सरकारका नीति, याेजना कार्यक्रम र बजेटकाे कार्यान्वयन अवस्था विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम दमाैलीमा सम्पन्न भएको छ ।

राष्ट्रिय मानवअधिकार अायाेगकाे अायाेजनामा भएको छलफल कार्यक्रममा राष्ट्रिय मानवअधिकार अायाेगका मानवअधिकार अधिकृत कल्पना नेपाल अाचार्यले मानिस सुखि र खुसि हुन सकेका छ कि छैन , सरकारले कस्तो काम गरिरहेको छ , यदि सकेको छैन भने त्यसमा मानवअधिकार अायाेगले कस्तो खालको काम गर्न सक्छ भन्ने बारेमा छलफल गरेको बताइन् ।

‘तपाईंहरूकाे सेवा सुविधा थप्नकाे लागि सरकारलाई झकझक्याउने काम गर्छाैं ,’अाचार्यले भनिन् । यस्ता किसिमका कार्यक्रमकाे अायाेजना गर्नुको उद्धेश्य ज्येष्ठ नागरिकहरू केके समस्यामा छन् ती कुराहरू अायाेगमा लगि सरकार समक्ष राख्ने रहेको उनको भनाइ छ ।

कार्यक्रममा मानवअधिकार अायाेगकी कर्मचारी दुर्गा पाेख्रेल , प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्याल , प्रहरी उपरीक्षक राजेन्द्रबाबु अर्याल , बन्दिपुर गाउँपालिका उपाध्यक्ष करूणा गुरूङ , देवघाट गाउँपालिका उपाध्यक्ष बिमला थापा , आँबुखैरेनी गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ , तनहुँ बारका अध्यक्ष भानु सुवेदी लगायतले धारणा राखेका थिए ।

उक्त अवसरमा ज्येष्ठ नागरिक देवनिधि पन्तले जेष्ठ नागरिक हरूलाइ यातायातमा छुट नियममा भनेपनि व्यवहारमा नभएको बताए । यस्तै अस्पतालमा नि:शुल्क औषधी र दिवा खाजा पनि प्रयाप्त नपाएको पन्तले गुनासो गरे ।

यस्तै अर्का जेष्ठ नागरिक दुर्गाभक्त अधिकारीले हाम्रो गुनासो नेतालाई सुनाउने कि कर्मचारीलाई ? एकल पुरूषले भत्ता किन नपाउने ? जेष्ठ नागरिक भत्तामा भेदभाव किन ? नेताले उपचार खर्च पाउने हामी जेष्ठ नागरिकले नपाउने किन ? जस्ता गुनासो राखे ।

छलफल कार्यक्रममा अर्का जेष्ठ सदस्य बाबुराम पाैडेलले औषधी नागरिकले स्वास्थ्य बिमा गरे पनि औषधी नपाइने गरेको गुनासो सुनाए । कार्यक्रममा सालिकराम गिरी , राधा अाचार्य , सारदा गैर्हे , सुभद्रा भट्टराई लगायतका सहभागीहरूले जेष्ठ नागरिक हरूकाे बारेमा बाेलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी