कांग्रेस तनहुँ अधिवेशनः बैकुण्ठ र जीतप्रकाशसँग जोडिएको रामचन्द्र पौडेलदेखि शंकर,गोविन्द,प्रदीप र ध्रुवको राजनीतिक भविष्य

  • ख-
  • ख+

दमौलीः नयाँ नेतृत्वका लागि मतदान हुन एक दिन बाँकी रहँदा तनहुँ कांग्रेसको आसन्न जिल्ला अधिवेशनको नेतृत्वका आकांक्षी दुवै समूह चुनावी जोड घटाउमा कस्सिएर लागेका छन् ।


पार्टीको नेतृत्व सम्हालिरहेका र नगरको समेत जनप्रतिनिधिका प्रमुख वैकुण्ठ न्यौपानेका सामु अहिलेको चुनाव आफ्नो पद रक्षा नभएर राजनैतिक भविष्यको रक्षाका लागि पनि अहम् बनेको छ ।


अझैसम्म पनि आलेसँग समभावको सम्बन्ध रहेका पौडेललाई उनलाई साथ नदिए उनले चुनावमा आफूलाई नसघाउने चिन्ता एकातिर छ भने अर्कोतिर आफ्नो राजनीति नै धानिदिएका न्यौपानेलाई साथ नदिएमा पर्न सक्ने हानीले पनि पिरोलिएको छ ।


यसका अलावा लामो राजनीतिक इतिहास बोकेको परिवार र आफैंले पनि मुख्य पेशा राजनीति नै बनाएका मिर्छुलुङको पदमबहादुर आले परिवारका उत्तराधिकारी जीतप्रकाश आलेसामु पनि भावी राजनीतिक यात्राको निरन्तरताका लागि यो चुनाव जित्नैपर्ने बाध्यता छ ।


यस्तो बाध्यता न्यौपानेलाई साथ दिइरहेका अनि आलेसँगको पुरानो लेजेन्ड्री रिलेशन भाँचिन दिन नचाहने अनि पार्टी सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेललाई नपरे पनि कुनलाई रोज्ने भन्नेमा छ ।

अझैसम्म पनि आलेसँग समभावको सम्बन्ध रहेका पौडेललाई उनलाई साथ नदिए उनले चुनावमा आफूलाई नसघाउने चिन्ता एकातिर छ भने अर्कोतिर आफ्नो राजनीति नै धानिदिएका न्यौपानेलाई साथ नदिएमा पर्न सक्ने हानीले पनि पिरोलिएको छ ।


दुवैतर्फी चिन्ताकाबीच पौडेलले गैर संस्थापन समूहको प्रतिनिधित्व गर्ने न्यौपानेलाई खुलेरै नभए पनि भित्री साथ दिने करिब निश्चित छ । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलसामू पनि राष्ट्रिय रुपमा बनेको आफ्नो उचाइ जोगाउन आफूले समर्थन गरेका न्यौपानेको टिममा परेका आफ्ना मान्छे जिताउनुपर्ने चुनौती छ ।

पौडेलमात्र नभएर पौडेललाई चुनौती दिन बलियो गठबन्धनमा लागेका केन्द्रीय सदस्य गोविन्द भट्टराई, शंकर भण्डारी र आमन्त्रित केन्द्रीय सदस्य ध्रूव वाग्लेसामू अब जिल्लाको भविष्य निर्धारणमा आफूहरु सक्षम रहेको र वैकल्पिक पुस्ताको नेतृत्व हस्तान्तरणको बेला आएको सन्देश दिन पनि उनीहरुले साथ दिएका जीतप्रकाश आलेलाई जसरी पनि जिताउनुपर्ने बाध्यता छ ।

यसैको सेरोफेरोमा तनहुँको कांग्रेसी राजनीतिको जोडघटाउमा अबका केही घण्टाहरु केन्द्रीत बन्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी