हत्या गरेर भेष बदलेका व्यक्ति ७ घण्टाभित्र प्रहरी फन्दामा

  • ख-
  • ख+

दमौलीः शुक्लागण्डकी ७ कुम्लेखोलाकी ६० वर्षिया तेजकुमारी ढकाल मृत अवस्थामा भेटिइन् । घरभित्रै झुण्डिएको अवस्थामा शुक्रबार विहान भेटिएकी ढकालको मृत्यु हेर्दा हत्या जस्तो पनि देखिन्थ्यो । छातिमा हतियारको दाग र घाँटीमा सल बाँधेको ढकालको शवमा हात र खुट्टा पनि बाँधिएको भेटिएको थियो ।

तर शरिरका विभिन्न भागमा धारिलो हतियारको चोट भकाले प्रहरीले घटनालाई शंकास्पद ठानेर अनुसन्धान गरेको थियो ।

तनहु्ँका प्रहरी प्रमुख एसपी अरुण पौडेलको टोलीले घटनाको अनुसन्धान थालेको थियो । घटना सार्वजनिक भएको सात घण्टाभित्रै संदग्धि व्यक्ति पक्रन प्रहरी सफल भएको छ ।

घटनामा संलग्नताको आरोप लागेका गोरखा भिमसेन थापा गाउँपालिका वडा नं. १ बसेनी निवासी ४६ वर्षका शिव गौतमलाई घटना सार्वजनिक भएकै दिन शुक्रबार दिउँसो तीन बजे व्यास २ स्थित सहिदगेटबाट प्रहरीले पक्रेको हो ।

हुलिया बदलेर बसेका उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिएको प्रहरीको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी