नेपाली कांग्रेस महाधिवेशन: गण्डकी प्रदेश सभापतिमा पौडेलको उम्मेदवारी

  • ख-
  • ख+

दमौली : नेपाली कांग्रेसका नेता रघुनाथ पौडेलले आफु नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा उठ्ने बताएका छन् । विहिवार दमौलीमा गरिएको पत्रकार सम्मेलनमा नेता पौडेलले सो कुरा बताएका हुन् ।

आफुले आजै उम्मेदवारी दिएकोे कुरा पनि पत्रकार माझ राखेका थिए । पत्रकार सग सभापति पदमा आफ्नो जित निश्चित भएको बताए ।

उनले भने मेरो जित निश्चित छ मैले सवै तहको नेताहरु संग छलफल गरि सकेको छु, गरि रहेको छु, मलाई सवैको साथ छ, माथि देखि तल सम्मका सवै नेताको सहयोग छ, हामीले तपाईलाईनै सहयोग गर्छौ भनेका छन् ।

फरक प्रसंगमा बल र पैसामा केहि नलाग्ने भन्दै प्रदेश सभापतिको लागि आफु भन्दा सक्षम ब्यक्ति कोहि पनि नभएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी