तनहुँका ५२ नेगेटिभ

  • ख-
  • ख+

दमौलीः तनहुँका ५२ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार तनहुँका विभिन्न तहका व्यक्तिहरुको पीसीआर परीक्षण भएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

कास्कीको सर्वाधिक तीन सय नौ पीसीआर परीक्षणका क्रममा १७ जनामा पोजिटिभ भेटिएको थियो ।

आठ जना निको
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा तनहुँमा आठ जना निको भएर घर फर्केका छन् । एक महिला र सात पुरुष शुक्रबार निको भएको निर्देशनालयले जनाएको छ ।

जिल्लामा हाल एक सय १२ जनामा कोरोनाको सक्रिय अवस्था रहेको तथ्यांकमा उल्लेख छ । हालसम्म कुल चार सय १० मा संक्रमण भेटिएकामा दुई सय ९३ निको भएका छन् । जिल्लाका पाँच जनाको भने संक्रमणका कारण ज्यान गएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्