दमौलीमा पत्रकार सम्मेलन गर्दै नेपाल ईन्जिनियर्स एसोसिएसन लोकतान्त्रिकका नेताहरुले भने, देशैभर चुनाव जित्छौं

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
नेपाल ईन्जिनियर्स एशोसिएसन लोकतान्त्रिक समुहले निर्वाचन लक्षित पत्रकार सम्मेलन गरेको छ ।

बुधबार दमौलीमा आयोजित उम्मेदवार परिचयात्मक एवं निर्वाचन लक्षित कार्यक्रममा केन्द्रीय अध्यक्षका प्रत्यासी डा .हरिबहादुर दर्लामीले आफ्नो टिमले देशैभर जित्ने दावी गरे ।


२०१९ सालदेखि स्थापना भएको एसोसिएसनको इतिहास हेर्दा अधिकांश कार्यकाल लोकतान्त्रिक समुहले जितेको भन्दै दर्लामीले यहि मंसिर २४ गते हुने निर्वाचनमा पनि जित्ने बताए ।

‘अहिले कम्युनिष्ट निकटका इन्जिनियरहरूले हार्ने डरले चुनाव सार्नको लागि विभिन्न बहाना बनाउँदै कहिले केन्द्रीय कार्यालयमा तालाबन्दी गर्ने त कहिले महासचिवको कुर्सी जलाउने जस्तो लज्जित काम गरिरहेका छन् , जुन अत्यन्तै निन्दनीय छ,’ उनले भने ।

पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका अध्यक्ष प्रत्यासी सुरेन्द्र पाण्डेले पहिला कम्युनिस्ट निकटका सबै मिलेर लोकतान्त्रिक समुहलाइ हराए पनि अब कम्युनिस्टहरू चिराचिरा भएकोले त्यो सम्भव नभएको बताए ।
महासचिवका प्रत्यासी रविभुषण झाले दुई वर्षमा हुनुपर्ने निर्वाचन विभिन्न बहाना बुन्दै ३ वर्षसम्म गर्न नसक्नु अहिलेको कार्यसमितिको असफलता भएको बताए ।

एसोसिएनमा हाल ३६ हजार आवद्ध रहेको र यसपटक २१ हजार मतदाता रहेको पत्रकार सम्मेलनमा तनहुँबाट केन्द्रीय सदस्य प्रत्यासी रविन्द्रलाल मुलले बताए । नेपालको विभिन्न ठाउँमा हुने मतदान केन्द्र मध्ये गण्डकी प्रदेशको पोखरामा हुने मुलले जानकारी दिए ।

चुनाव केन्द्रीत भइ देश दौडाहमा निस्केको टोलीले तनहुँबाट पत्रकार सम्मेलन गरि प्रचारप्रसार लाई तीव्रता दिएको बताएको छ ।

पत्रकार सम्मेलन अगाडिको कार्यक्रममा कांग्रेस तनहुँक सभापति एवं व्यास नगर पालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले टिमलाई विजयको शुभकामना दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी