नेपालमा कोरोना संक्रमणः संक्रमित ७० हजार कटे

  • ख-
  • ख+

काठमाडौंः देशमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । शुक्रबार भेटिएका संक्रमितको तथ्यांकले देशमा संक्रमणको नयाँ रेकर्ड बनेको हो ।

पछिल्लो २४ घण्टामा मात्र नेपालमा थप १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३१३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमितमध्ये ५१ हजार ८६६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४५९ जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर १४५५ जना घर फर्किएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्