तनहुँ कांग्रेस क्षेत्रीय अधिवेशनः चुनावले राखिदिएको ब्यालेन्स

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस तनहुँका क्षेत्रीय अधिवेशनहरु सम्पन्न भएर अब जिल्ला अधिवेशन हुने अन्तिम तरखर हुँदैछ ।

यस्तोमा कुन पक्ष हावी होला भन्ने अड्कलबाजीहरुकाबीच क्षेत्रीय अधिवेशनले एउटा प्रष्ट तस्बिर दिएको छः ‘संस्थापन र गैर संस्थापन दुवै पक्ष ब्यालेन्समा बस ।’

दुवै क्षेत्रमा क्षेत्रीय समिति एक पक्षीय देखिएको छ । तर, महाधिवेशन प्रतिनिधिमा भने दुवै क्षेत्रमा एक पक्ष हावी भए पनि अर्को पक्ष पनि आउने बाटो खडा भयो ।
उदाहरणका लागि गैर संस्थापन हावी रहेको क्षेत्र १ मा संस्थापन पक्षका भनेर चिनिने चार नेता निर्वाचित भए ।

उता, संस्थापनको पकड देखिएको क्षेत्र २ मा क्षेत्रीय समितिमा एकलौटी भए पनि महाधिवेशन प्रतिनिधिमा चारै जना गैर संस्थापनबाट निर्वाचित भए ।

यसले जिल्ला अधिवेशनमा पनि एक खालको ब्यालेन्स देखाएको छ । त्यो भन्दा ठूलो कुरा जुनसुकै पक्ष नेतृत्वमा आए पनि एकले अर्कोलाई पेल्ने विगतको रणनीतिले अब काम नगर्ने प्रष्ट तस्बिर दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी