जो ‘जित्ने’ प्यानलमा नपरेर पनि जिते (१)

  • ख-
  • ख+

दमौलीः क्षेत्र नम्बर १ मा गैर संस्थापन पक्ष हावी रहे पनि केही पदमा भने प्यानलमा नरहेका संस्थापन पक्षका उम्मेदवार महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

खुलातर्फको महाधिवेशन प्रतिनिधिमा संस्थापन प्यानलका आनन्दराज त्रिपाठी र देवकुमार श्रेष्ठ विजयी भए ।

यसैगरी, जनजाति खुलातर्फ पूर्णबहादुर गुरुङ अनि महिलातर्फ आशा थापा पनि संस्थापन प्यानलबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भए । बाँकी सबै पदमा गैर संस्थापन पक्षका उम्मेदवार विजयी भए ।

प्यानल मतका अलावा व्यक्तिगत प्रयासमा उनीहरुले बढी मत तान्न सफल भएका हुन् ।

धेरै छान्ने विकल्प हुनुको फाइदाका अलावा व्यक्तिगत सम्बन्ध र मेहनतले पनि उनीहरुलाई सफल बनाएको चर्चा राजनीतिवृत्तमा चलेको छ ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्