कांग्रेस क्षेत्रीय अधिवेशनः सर्वाधिक मतका साथ सभापति न्यौपाने महाधिवेशन प्रतिनिधि निर्वाचित (मतसहित)

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका जिल्ला सभापति बैकुण्ठनाथ न्यौपाने सर्वाधिक (खुलातर्फका महाधिवेशन प्रतिनिधिबीच) मत ल्याएर महधिवेशन प्रतिनिधि चुनिएका छन् ।

भर्खरै सार्वजनिक परिणामले उनलाई सर्वाधिक मतका साथ विजयी देखाएको हो । उनी यसपाली फेरि पनि सभापति लड्ने चर्चा छ ।


क्ष्ँोत्र १ को पछिल्लो चरणमा सार्वजनिक मत परिणामले खुलातर्फका महाधिवेशन प्रतिनिधिमा नौ जना गैर संस्थापन र दुई संस्थापन पक्षबाट विजयी भएका छन् । खुलातर्फ १० जना प्रतिनिधि निर्वाचित हुने प्रावधान छ ।

संस्थापन तर्फबाट यस अघि क्षेत्रीय सभापतिको चर्चामा रहेका आनन्दराज त्रिपाठी तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ मात्र संस्थापनबाट खुलातर्फ विजयी भए ।


बाँकी सबै गैर संस्थापन प्यानलका छन् । तर, संस्थापनबाट जनजाति खुलामा पूर्णबहादुर गुरुङ तथा महिलामा आशा थापा निर्वाचित भैसकेका छन् । बाँकी सबै गैर संस्थापनका विजयी भएका छन् ।


केही गन्न बाँकी मत गनिए पनि आधिकारिक घोषणा हुन भने बाँकी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी