कांग्रेस क्षेत्रीय अधिवेशनः कस्तो आउला नतिजा ?

  • ख-
  • ख+

टिप्पणी
दमौलीः
१४ औं महाधिवेशनअन्र्तगत तनहुँ कांग्रेसका अधिवेशन सम्पन्न भएका छन् । र, अबका केही घण्टाहरुमा पार्टीका क्षेत्रीय पदाधिकारी नयाँ आउनेछन् ।

समयमा लोकतान्त्रिक अभ्यास नगर्ने अनि मिति सारिरहने आरोप खेपिरहने नेपाली कांग्रेसले सर्ने आशंकाकाबीच क्षेत्रको नेतृत्व चयन गर्ने सुिनश्चित गरेको छ ।
जिल्लामा विगतदेखि नै देखिने दुई लाइनको संघर्ष यसपाली पनि उस्तै देखियो, तर फरक स्वरुपमा । विगतमा पार्टीका पूर्व सहमहामन्त्री एकातिर र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित अरु केन्द्रीय नेता अर्को खेमामा भेटिन्थे ।


पार्टीले कारबाही गरेकाले जोशी यसपाली चुनावी पर्दामा देखिएनन् । तर पनि चुनावी प्रतिष्पर्धामा गुटगत संघर्ष भने कम हुन सकेन ।

तर, यसपाली भने दृश्य केही बदलियो । पार्टीले कारबाही गरेकाले जोशी यसपाली चुनावी पर्दामा देखिएनन् । तर पनि चुनावी प्रतिष्पर्धामा गुटगत संघर्ष भने कम हुन सकेन ।

वरिष्ठ नेता पौडेल र केन्द्रीय सदस्य प्रदीप पौडेलले एक खेमाको नेतृत्व गरिरहँदा त्यसलाई चुनौती दिन केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई र आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेको नेतृत्वमा अर्को समूह बन्यो ।

प्रतिनिधि सभा क्षेत्र १ को विगतको चुनावमा पौडेल समूह हावी रह्यो भने क्षेत्र २ मा भण्डारी, भट्टराई र वाग्लेको समूह ।

यसपाली क्षेत्रीय चुनावमा पौडेल समूहले क्षेत्र १ मा श्याम मौरतीलाई सभापतिमा उठाउँदा उनको प्रतिष्पर्धीका रुपमा केन्द्रमा संस्थापननिकट भण्डारी, भट्टराई र वाग्लेको समूहले विश्व बाँस्तोलालाई सभापतिमा अघि सार्यो ।

उता, क्षेत्र २ मा भण्डारी, भट्टराई र वाग्ले नेतृत्वको संस्थापन समूहबाट चुडामणि खनाल सभापतिमा उठ्दा वरिष्ठ नेता पौडेल र केन्द्रीय सदस्य प्रदीपको प्रतिनिधि बनेर कृष्णराज पण्डित दौडमा उत्रिएका छन् ।

विगतमा गुटगत राजनीति चर्को भएको आरोप लाग्ने गरे पनि यसपाली पनि त्यसबाट पार्टी पर हट्न नसकेको विगतका स्थानीय र प्रदेश क्षेत्रको चुनावले देखाएको छ । तर, क्षेत्रको चुनावमा पनि सोही छाप देख्ने आशंका गरिए पनि व्यवहारिकता हेर्न भने केही घण्टा पर्खनेपर्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी