जेसिआईका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षलाई सम्मान

  • ख-
  • ख+

देव गजमेर(ओझेल) दमौली : तनहुँ सुनचाँदी व्यवसायी संघले जेसिआई व्यास नगर वर्ष २०२२ का लागि निर्वाचित भएका अध्यक्ष कृष्ण सुनार र उपाध्यक्ष गोविन्द वरालीलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ ।

जेसीआई व्यास नगरको २७ औं वार्षिक साधारण सभाबाट दुवै जना निर्वाचित भएका थिए । सो कार्यक्रममा बोल्दै जेसीआईका अध्यक्ष सुनारले आफुलाई सम्मान गरेकोमा आभार व्यक्त गरे, त्यस्तै अर्का उपाध्यक्ष वरालीले पनि सिंगो सस्थालाई नै धन्यवाद दिएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष हरि गहतराजले राखेका थिए भने सचिव पदम बहादुर सुनारले संचालन गरिएको उक्त कार्यक्रम अध्यक्ष विनोद कुमार वि.कको अध्यक्षतामा सम्पन भएको थियो । सुनार यस सस्थाको भरखरै निवर्तामान अध्यक्ष भएका छन् भने वराली पनि निवर्तमान सदस्य हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी