कांग्रेस क्षेत्रीय अधिवेशनः मत माग्दै मन्त्रीदेखि जनप्रतिनिधिसम्म

  • ख-
  • ख+

दमौलीः कांग्रेस क्षेत्रीय अधिवेशनको रौनक चलिरहँदा हाइप्रोफाइल उम्मेदवारको चहलपहल पनि तनहुँमा देखिएको छ ।

मन्त्रीदेखि सांसद अनि जनप्रतिनिधि सबै मत माग्न व्यस्त पाइएका छन् ।

यसरी मत माग्नेमा गण्डकी प्रदेशका बिना विभागिय मन्त्री डोवाटे विकदेखि
प्रदेश सभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले तथा व्यास, शुक्ला, ऋषिङ म्याग्देका पालिका प्रमुखसम्म छन् ।

जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले तथा व्यास, शुक्ला, ऋषिङ म्याग्देका पालिका प्रमुखसम्म छन् ।

दमौली खुला मैदानमा भएको मतदानस्थलबाट केही पर दिउँसो प्रदेश मन्त्री विक मत माग्दै गरेको दृश्य रोचक थियो । दोश्रो पटकको प्रयासमा मन्त्री बनेक विक कांग्रेस महाधिवेशन प्रतिनिधिमा दलिततर्फका क्षेत्र १ का उम्मेदवार हुन् ।



प्रदेश सभा सदस्य सरिता गुरुङ जनजाति महिला तर्फ महाधिवेशन प्रतिनिधि, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले तनहुँ क्षेत्र १ बाट खस आर्यतर्फका महाधिवेशन प्रतिनिधि उम्मेदवार हुन् । व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने क्षेत्र १ बाट खुलातर्फका महाधिवेशन प्रतिनिधि उम्मेदवार हुन् ।

यसैगरी, शुक्लाका नगर प्रमुख किसान गुरुङ क्षेत्र २ का जनजातितर्फका महाधिवेशन प्रतिनिधि उम्मेदवार हुन् । उनीहरु मतदाताको लाइनमा बसेर आफ्ना लागि मत माग्दै भेटिन्थे ।
म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया राना बेलचौतारास्थित क्षेत्र २ को मतदान केन्द्रमा जनजाति महिलातर्फको महाधिवेशन प्रतिनिधिका लागि मत मागेको अवस्थामा भेटिइन् ।

यस अघि प्रदेश १ (ख)को निर्वाचनमा आँबुखैरेनी गाउँपालिका प्रमुख गिरबहादुर थापाले मतदातासँग मत मागेरै आफ्नो प्यानलबाट चुनाव जित्ने एक मात्र व्यक्ति बने ।


विगतमा जनप्रतिनिधिमूलक सरकार नभएको तर यसपाली भएको अवस्थामा यसपाली जनप्रतिनिधि मन्त्रीसम्म चुनावी अभियानमा कार्यकर्तासँग मत माग्दा बेग्लै माहोल देखिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्