बेलचौतारामा ७८ शैय्याको आइसोलेसन थपिंदै

  • ख-
  • ख+

पीसीआर मेशिन खरिद नभएपछि आईसोलेसनमै जोड
दमौलीः तनहुँमा ७८ शैय्याको आइसोलेसन थप्ने तयारी गरिएको छ । विद्यालयमा राखिएका आइसोलेसन हटेको तर पछिल्लो समय संक्रमित थपिइरहेकाले संघ र स्थानीय सरकारले बेग्लाबेग्लै आइसोलेसनका लागि काम गरिरहेका छन् ।

शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रमा तनहुँका स्थानीय तहको लगानीमा ४८ बेडको १२ कोेठे आइसोलेसनको निर्माण भैरहँदा संघ सरकारमार्फत जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रले पनि १२ कोठे ३० बेड क्षमताको आइसोलेसन बनाउने तयारी गरेको हो ।

केन्द्रले ८५ लाख ४७ हजार लागतमा आइसोलेसन बनाउनका लागि टेण्डर आह्वान पनि गरेको छ । आफ्नै हाताभित्र ट्रस्टको संरचना बनाउने र चाँडै नै सक्ने गरी टेण्डर आह्वान गरिएको केन्द्रका प्रमुख डा. रामकुमार श्रेष्ठले बताए । ‘जतिसक्दो चाँडो काम सक्ने गरी टेण्डर आह्वान गरेका छौं,’ उनले भने ।

????????????????????????????????????

गत महिना तनहुँमा आफ्नै पीसीआर मेशिन खरिद गर्ने निर्णय तनहुँमा भएको थियो । म्याग्दे गाउँपालिकाको संयोजनमा पीसीआर मेशिन किन्ने तयारी गरेर स्थानीय तहहरुले बजेट समेत विनियोजन गरे पनि प्रदेश सरकारले अनुमति नदिंदा त्यो काम रोकिएको थियो ।

‘अब पीसीआर मेशिन भन्दा पनि आईसोलेसन नै राख्ने गरी अर्को निर्णय भएपछि काम थालेका हौं,’ शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले भने,‘यसमा सबै तहको लगानी रहनेछ ।’

उनले पीसीआर मेशिन किन्नका लागि धेरै प्रयास गरे पनि आवश्यक सहयोग नमिलेकाले अब आईसोलेसनमै जोड दिएको बताए । यसका लागि ७२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

केही महिनाभित्रै सक्ने गरी अहिले काम भैरहेकाले थप संक्रमित व्यवस्थापनमा मद्दत पुग्ने गुरुङको विश्वास छ । निर्माण चाँडो सक्ने गरी काम भैरहेको उपभोक्ता समितिका कोषाध्यक्ष अर्जुन सापकोटाले बताए ।

अन्य बिरामीको उपचार रोकिएपछि आईसोलेसन थप


साविकको सेतीगंगा सामुदायिक अस्पताललाई समेत गाभेर बनाइएको जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रले यस क्षेत्रका अन्य प्रकृतिका बिरामीलाई पनि उपचार गर्दै आएको थियो ।

तर अस्पताललाई आईसोलेसन बनाइए पछि उपचारका धेरै काम प्रभावित भएका छन् । ‘अहिले ५० बेडको आईसोलसन बनाएका छौं,’ प्रमुख डा. श्रेष्ठले भने,‘अफिस पनि छैन ।

र, आईसोलेसनका कारण भर्ना गर्नुपर्ने बिरामी पनि राख्न सकिने अवस्था नभएकाले आईसोलेसन नयाँ भवनमा सारेर पहिलेका सेवा दिन खोजेका हौं ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी