तनहुँका १ सय ५१ को रिपोर्ट नेगेटिभ

  • ख-
  • ख+

दमौलीः तनहुँमा एक सय २१ जनामा कोरोनाको सक्रिय संक्रमण देखिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहिबार सार्वजनिक गरेको विवरणका अनुसार जिल्लामा कुल चार सय १० जनामा हालसम्म संक्रमण देखिएकामा हालसम्म दुई सय ८५ जना निको भैसकेका छन् ।

जिल्लामा कोरोना संक्रमणका कारण हालसम्म चार जनाको ज्यान गएको निर्देशनालयले जनाएको छ ।

बिहिबार मात्र तनहुँका सात जना निको भएर घर फर्केका छन् । निको हुनेमा एक महिला र ६ पुरुष छन् ।

पछिल्लो २४ घण्टामा तनहुँका एक सय ५१ जनाको पीसीआर परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्