कांग्रेस क्षेत्रीय अधिवेशनः आज उम्मेदवारी मनोनयन, दुवै क्षेत्रमा प्यानलको दबदबा

  • ख-
  • ख+

दमौली: नेपाली कांग्रेसको १३ औं महाधिवेशनअन्र्तगत आज तनहुँका दुई संघीय निर्वाचन क्षेत्रको पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी मनोनयन हुँदैछ ।


कांग्रेस कार्यालय सचिव राजेन्द्र अर्यालका अनुसार क्षेत्र नम्बर १ का लागि दमौलीको पार्टी कार्यालय तथा क्षेत्र नम्बर २ का लागि शुक्लागण्डकीको झरौटामा उम्मेदवारी दर्ताको स्थान तोकिएको छ । उम्मेदवारी दर्ता बिहान १० बजेपछि शुरु हुनेछ ।


पार्टीको क्षेत्रीय समितिका पदाधिकारी तथा संघीय महाधिवेशन प्रतिनिधिका लागि हुने निर्वाचनका प्रतिनिधि आकांक्षीले उम्मेदवारी दर्ता गराउनेछन् । मतदान भने सोमबारका लागि तय भएको छ ।

गुटगतप्रतिष्पर्धा
यस अघि स्थानीय तहदेखि प्रदेश क्षेत्रीय समितिसम्म कडा गुटगत प्रतिष्पर्धा देखिएको तनहुँमा यसपाली पनि गुटगत प्रतिष्पर्धा नै हुने देखिएको छ । केन्द्रमा संस्थापन र गैर संस्थापन दुई खेमामा प्रष्ट विभक्त तनहुँको राजनीतिमा क्षेत्रीय अधिवेशनमा पनि त्यसको रंग भने प्रष्ट देखिने भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी