श्रमिक सहकारीको अध्यक्षमा भीम गुरूङ सर्वसम्मत

  • ख-
  • ख+

दमौलीः श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा एवम् चौथो अधिवेशनले भीमबहादुर गुरूङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।

यस्तै समितिको उपाध्यक्षमा विकास खनाल , सचिवमा खस्टिराम थापा ( नवीन ) , कोषाध्यक्षमा हिरा खाती चयन भएको निर्वाचन संयोजक त्रिभुवन श्रेष्ठले बताए । यस्तै, समितिका सदस्यहरूमा बमबहादुर थापा , हर्कुमाया थापा , पारस थापा , हर्षमान श्रेष्ठ ( शाइराम ) र मनबहादुर मौरती रछन् ।

यस्तै लेखासमिति संयोजकमा पदमबहादुर बिष्ट तथा सदस्यहरूमा गोरा मियाँ र सरोजकुमार अधिकारी रहेका छन् ।

यस अघि भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी संघ तनहुँका अध्यक्ष श्रीप्रसाद भट्टराईले नियम संगत तरिकाले सहकारी चलाउनु पर्ने बताए । श्रमिक सहकारीको क्षेत्र फराकिलो भएकोले फराकिलो सोचकै साथ काम गर्नुपर्ने भट्टराईको भनाइ थियो ।


कार्यक्रममा विशिस्ट अतिथि तनहुँ बचतका अध्यक्ष देवीबहादुर बस्नेत , राष्ट्रिय सहकारी संघका व्यवस्थापक उपेन्द्र दाहाल , पदमबहादुर बिष्ट, प्रेमप्रसाद पौडेल , विष्णुप्रसाद वाग्ले लगायतका बक्ताहरूले मन्तव्य राखेका थिए ।

सो अवसरमा सहकारीका कोषाध्यक्ष हिराकुमार खातीले आर्थिक प्रतिवेदन , ऋण समितिका संयोजक बमबहादुर थापाले ऋण प्रतिवेदन , सचिव भीम गुरूङले सांगठनिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका विष्णुप्रसाद वाग्लेले लेखा प्रतिवेदन पेश गरेका थिए । सोमबहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विकास खनाल तथा सचिव भिम गुरूङले पनि बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी