पहिरोले मुहान र प्लान्टमा क्षति पुगेपछि भादगाउँमा पानी घट्ने

  • ख-
  • ख+

दमौलीः लगातारको वर्षाले मुहान तथा शुद्धिकरण प्लान्टमा क्षति पु¥याएपछि भादगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट वितरित पानीको मात्रा घट्ने भएको छ ।

बिहिबार विहान व्यास १३ र १४ को सीमामा पर्ने खिरखाँदी खोला तथा व्यास १४ स्थित छाब्दीको मुहानमै पहिरो र बाढीले क्षति पुगे पछि पानी वितरणमा समस्या परेको संस्थाका सचिव राजेश्वर हड्खलेले जानकारी दिए ।

उनका अनुसार पानी शुद्धिकरणका लागि बनाइएको दुई लाख ५० हजार लिटरको शुद्धिकरण प्लान्टमा पनि पहिरोले क्षति पु¥याएको छ ।

हालका लागि छाब्दी खोलाबाट लिफ्टिङ प्रविधिको पानी मात्र आपूर्ति हुने भएकाले पानी आपूर्तिमा केही कटौती हुने उनले बताए । उनले मर्मतका लागि शुक्रबारबाट काम थालिने पनि बताए । ‘केही दिनमै समस्या समाधान हुने गरी काम थाल्छौं,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी